चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक

चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको छ ।

प्रबेश पौडेल निर्देशीत चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

केही दिनअघि सार्वजनिक टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ ।

पूर्वी नेपालका विभिन्न खिचिएको चलचित्रको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र नयाँ वर्ष २०८० मा रिलिज हुने छ ।

‘बिहे पास’ नामुद फिल्म वितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोश्रो फिल्म हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com