‘दिमाग खराब’ को टिमले चलचित्र प्रदर्शन नरोक्ने, अर्को वार्ता मंसिर ५ मा

‘दिमाग खराब’ को टिमले चलचित्र प्रदर्शन नरोक्ने, अर्को वार्ता मंसिर ५ मा

काठमाडौँ । चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म फिल्म हलहरूमा प्रदर्शन हुने भएको छ।

विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’को प्रदर्शनी रोक्ने घोषणा गरेका थिए। निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका थिए।

उक्त घोषणापछि बिहीबार नेपाल चलचित्र सङ्घ र ‘दिमाग खराब’को निर्माताहरूबीच छलफल भएको हो। सङ्घका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै छलफल सकारात्मक भएको बताएका छन्।

यस्तै बाँकी विषयमा आउँदो मंगलबार पुनः छलफल गर्ने र त्यतिन्जेल चलचित्र पनि प्रदर्शन जारी राख्ने निर्णय भएको हो। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com