द भ्वाइसका विनोद र स्मिताको नयाँ गीत सार्वजनिक

द भ्वाइसका विनोद र स्मिताको नयाँ गीत सार्वजनिक

द भ्वाइस अफ नेपालमा चर्चामा रहेका गायक विनोद राई र द भ्वाइसकै नकआउट सम्म पुग्न सफल गायिका स्मिता प्रधानको स्वरमा ‘सानुमा सानु घर बनाई बसुँला’ बोलको गीत सार्वजनिक भएको छ ।

कृति आर्ट्स युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द तथा संगीत रहेको छ । भिडियोमा विनोद र स्मितानै फिचर भएका छन् भने निर्देशन शान थापाले गरेका छन् । यी दुईलेनै भ्वाइसमार्फत राम्रो चर्चा कमाएका छन् । विनोद टप ८ मा पनि पुगिसकेका छन् । यसपटकको बलियो उपाधि दाबेदारको रुपमा पनि विनोदलाई हेरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com