सोनाक्षीको वेब सिरिज ‘दहाड’ को ट्रेलर सार्वजनिक

सोनाक्षीको वेब सिरिज ‘दहाड’ को ट्रेलर सार्वजनिक

भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको डेब्यू वेब सिरिज ‘दहाड’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार प्राइम भिडियाे इन्डिया युट्युब च्यानलमार्फत सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट ३२ सेकेण्ड लामो सार्वजनिक ट्रेलरमा सोनाक्षी प्रहरीको दमदार भूमिकामा देखिएकी छिन् । उक्त ट्रेलरमा उनी २७ जना युवती हत्याको केसलाई समाधान गर्ने प्रयासमा छिन् ।

क्राइम ड्रामा सिरिजमा सोनाक्षीको अलवा विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय रहेको छ । रीमा कागती र रूचिका ओवरायले निर्देशनमा बनेको सिरिज ८ एपिसोडसम्म हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ८ एपिसोडको वेब सिरिज अमेजन प्राइममा १२ मे देखि प्रदर्शन हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com