
काठमाडौं । यही २६ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज गर्ने घोषणासहित चलचित्र ‘वेलकम टु हेम्जाकोट’को टेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट रिलिज गरिएको यो चलचित्रको टेलरमा बेरोजगारीले निम्त्याएका समस्या र अन्तरजातीय प्रेम स“घर्षको कथा समेटिएको छ ।
यो चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई,प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय रहेको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काले निर्माण गरेका हुन् । सिनेमामा मिलन श्रेष्ठ र मित्र डि गुरुङको सम्पादन, दिर्घ गुरुङको छायाँकन, कविराज गहतराज र गम्भिर विष्टको नृत्य निर्देशन, राज सागरको संगीत रहेको छ ।