प्रहरी बनाइदिन्छु भन्दै पैसा असुलेको अभियोगमा युवक पक्राउ

प्रहरी बनाइदिन्छु भन्दै पैसा असुलेको अभियोगमा युवक पक्राउ

धनगढी, १७ भदौ

कैलालीमा प्रहरी बनाइदिने भन्दै पैसा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ बर्षिय मनोजकुमार सिंह रहेका छन् ।

उनले आफ्नो प्रहरी उच्च अधिकारीसँग सम्बन्ध रहेको बताउँदै प्रहरीमा भर्ना गरिदिने भन्दै एक युवकबाट ६० हजार असुली गरेको प्रहरीको दावी छ ।

प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भई नतिजा आउने बेला ती युवकले पैसा नदिए फेल गराइदिने भन्दै धम्की दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पैसा असुली गरेको जानकारी पाएपछि प्रहरीले सिंहलाई बुधबार धनगढीस्थित ट्राफिक चौराहाबाट पक्राउ गरेको हो ।

युवकबाट सिटिजन्स बैंक धनगढीको नाममा रहेको ६० हजारको चेक र मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । युवकको मोबाइलमा प्रहरी बनाइदिने भन्दै गरेको बार्गेनिङको रेकर्ड रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com