कर्णाली खोज्दै छ भास्कर जस्तै इमान्दार छोरा

कर्णाली खोज्दै छ भास्कर जस्तै इमान्दार छोरा
googlel

कर्णाली भास्कर जस्तै इमान्दार छोराको खोजीमा छ । विश्वका पाहुनालाई डो¥याउदै आफ्नो आँगनसम्म ल्याउने प्रयासरत भास्करको खोजीमा कर्णाली छ । भास्कर बस्नेत अर्थात रामचन्द्र, जसले कर्णालीको पर्यटकीय सम्भावना मात्र खोज्दैनन्, उनी कर्णालीको सिङ्गै दृश्य विश्वसामु पु¥याउने कार्यमा लागेका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा ६ छाछुमा जन्मेका भास्करले क्यामेराको लेन्समा आफ्नो र कर्णालीको भविष्य देखेका छन् । भास्करले आफ्नो क्यामेराको लेन्समा उतारेका तस्बिर वृद्धवृद्धादेखि बालबालिकासम्मले मन पराउँछन् । जुन तस्बिर विश्वभर पु¥याएर कर्णालीमा पर्यटक भित्र्याउने कार्यमा लागेका छन् ।

२४ वर्षको उमेरमा उनले कर्णाली प्रदेश हुँदै कर्णालीका आठवटा जिल्लामा साइकिलिङ यात्रासमेत गरिसकेका छन् । कर्णाली प्रदेश साइकल पर्यटनका लागि नेपालकै एक उत्कृष्ट गन्तव्य भएको र यसको लागि सरकारी पक्षबाट केही पहलकदमी हुनुपर्ने उनी सुनाउँछन् । साइकल पर्यटनका लागि उत्कृष्ट गन्तव्य कर्णाली भएकाले सरकारी निकाएको ध्यान पुग्न जरूर रहेको उनी बताउँछन् ।

२०७५ मा काठमाडौँबाट १७ जना साइक्लिस्टसहित ‘अल्टिमेटम राइड टु’ नामक साइकल यात्राको नेतृत्व गर्दै फोक्सुण्डो तालमा पुगे । डोल्पामा तीन हजार ६ सय ३५ मिटर उचाइमा रहेको फोक्सुण्डो तालमा साइक्लिस्टसहित पुग्न सफल भएको उनले बताए ।

कर्णाली प्रदेशका निकै दुर्गम ठाउँका रुपमा हेरिएको फोक्सुन्डो ताल पुग्दा संसार जितेको अनुभुति भएको उनी सुनाउँछन् । उनको यो अभियान कर्णाली र आफ्नो जन्मजिल्ला डोल्पा चिनाउने थियो ।

आफ्नो गाउँ र देश चिनाउने यति गहकिलो अभियानमा लागेका भास्करको एउटै उद्देश्य साइक्लिङ र फोटो प्रर्दशनीका माध्यमबाट कर्णालीलाई विश्वसामु चिनाउने रहेको बताउँछन् ।

ओझेलमा परेका र पहिचान नभएका पर्यटकीय स्थल खोजी गरेर उनले आफ्नो क्यामेराको लेन्समा कैद गर्दै फोटो प्रर्दशनीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएका छन् । कर्णालीमा विकट, गरिबी, रोग, भोग छ भन्नेलाई एकपटक कर्णालीको वास्तविक तस्बिर नियाल्न उनी सुझावसमेत दिन्छन् ।

कर्णालीमा अथाह पर्यटकीय सम्भावना हुँदाहुँदै पनि बहुसंख्यक पर्यटकीय तथा धार्मिक स्थलहरु गुमनाम अवस्थामा छन् । प्रशस्त पर्यटन विकासको सम्भावना बोकेर पनि सरकारले उचित प्रचारप्रसार र संरक्षण गर्न सकेको छैन । प्रचारप्रसार र संरक्षणकै अभावमा पर्यटकीय सम्भावना बोकेका स्थानहरु ओझेलमा परेका छन् ।

आगामी दिनहरुमा कर्णालीका पर्यटकीय सम्भावना बोकेका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा लागेका भास्कजस्ता प्रतिनिधि पात्रलाई विशेष हौसला र सहयोग प्रदान गर्न सके यसक्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com