भूमि आयोगले कालिकोटमा बाँड्यो लालपूर्जा

भूमि आयोगले कालिकोटमा बाँड्यो लालपूर्जा

भूमि सम्बन्धी समस्या सामाधान आयोगले कालिकोटमा ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) दिएको छ । लामो समयदेखि भोगचलन गर्दै आएको जमिनलाई नाममा गरेर ३३ जनालाई रातोपूर्जा दिइएको हो ।

२०५४ सालमा नापजाँच भएर पूर्जा नपाएका ३३ जनालाई पूर्जा वितरण गरेको आयोगका विषय विज्ञ सचिव रमेश नेपालीले जानकारी दिए ।

पूर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना रहेका छन् ।

विगतको आयोगबाट नापजाँच गरिसकेर पूर्जा मात्र पाउन बाँकी रहेकाहरुको अधुरो काम पुरा गरेको आयोगका अध्यक्ष धिरबहादुर बमले बताए ।

जिल्लामा रहेका सुकम्बासीको हकमा भने काम सुरु भएको छैन । उनीहरुलाई पनि आफ्नो कार्यकालमा लालपूर्जा बाँड्ने अध्यक्ष बमले बताए । सरकारले नहटाएमा सुकम्बासीको पनि समस्या समाधान गर्ने उनको भनाइ छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com