कोरोना प्रभाबितको राहत पाउनेमा पँहुजवाला मात्र

कोरोना प्रभाबितको राहत पाउनेमा पँहुजवाला मात्र
Internet

तिला गाउँपालिका–१ को रारालिही गाउँमा दुई सय ८० घरधुरी छन्, जसमध्ये ५१ घर दलितका छन्। गाउँमा सबैभन्दा न्यून आय भएका बली सार्की हुन् । उनले अहिलेसम्म केही पनि राहत भएका छैनन् ।

सोही गाउँका जिते दमाईको ६ जनाको परिवार छ । विपन्न परिवारका उनी दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । दमाईले अहिलेसम्म पनि कुनै संस्थाको राहत पाएका छैनन् ।

यसपटक किडार्कले दिएको कोराना प्रभावितको राहतबारे आफूलाई कुनै जानकारी नआएको उनले बताए । ‘निर्वाचनका बेला दलितको भोटको खोजी हुन्छ । चुनाव जितिसकेपछि त्यही भोट दिएर जिताएको दलितको गरिबीको बारे सोधखोज हुँदैन,’ उनले न्युज कारखानासँग भने ।

बली सार्की र जिते दमाई प्रतिनिधि पात्र मात्र हुन्, यस्ता समस्या धेरैको मिल्दोजुल्दो छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग र किडार्क नेपाल जुम्लाको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले भने कोरोना प्रभावित हुन् होइन भनेर पहिचान गर्ने जिम्मा वडाध्यक्षलाई दिएको बताए । किडार्क नेपालले पालिकासँगको सहमन्वयमा सम्बन्धित वडालाई वास्तविक कोरोना प्रभावितलाई छान्ने जिम्मेवारी दिएको उनको भनाइ छ । तर कोभिड प्रभावितको नाममा पहुँचवालाले मात्रै राहत पाएको स्थानीयको गुनासो छ ।

तिला गाउँपालिका १ का वडाध्यक्ष प्ररबहादुर रावतले कोभिड प्रभावित नागरिकले मात्रै राहत पाएको दाबी गरे । उनले तरकारीको बीउ उमार्ने समयमा किडार्कले बीउ उपलब्ध नगराएका कारण कृर्षि औजार सदुपयोग हुन नसकेको बताए । ‘किसानहरुको खेती प्रणाली सुधार गर्न कृषि औजार उपलब्ध गरिएको हो । यसअघि तरकारी खेती गरेर जीविकोपार्जन गर्ने किसानलाई औजारको अभावले तरकारी सोचे जस्तो फलाउन सकेको थिएनन् । तरकारी खेती गर्ने किसानको आवश्यकतालाई बुझेर औजार दिएपछि अब सहज हुने भएको छ,’ उनले भने ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com