कैलालीमा अब विद्यालय खोल्न पाइने

कैलालीमा अब विद्यालय खोल्न पाइने

धनगढी, १७ भदौ

कोरोना संक्रमणका कारण चार महिनादेखि बन्द रहेका कैलालीका शैक्षिक संस्था संचालन हुने भएका छन् ।

विद्यालय संचालन सम्बन्धमा बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै शैक्षिक संस्था संचालन गर्न पाइने निर्णय गरेको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितिमै विद्यालय संचालन गर्न पाउने उल्लेख गरेका छन् ।

प्रजिअ रिजालका अनुसार बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको हो ।

सकभर भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आग्रह गरिएको छ । यदि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको मापदण्डभित्र रही संचालन गर्न पाइने बताइएको छ ।

त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com