तनहुँका दुई पत्रकार पुरस्कृत

तनहुँका दुई पत्रकार पुरस्कृत

युवा पत्रकारिता पुरस्कार २०७८ बाट तनहुँका दुई जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । तनहुँ समाज हङकङले प्रदान गर्ने पुरस्कारद्वारा पत्रकार नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भएका हुन् ।

तनहुँ समाज हङकङको स्थापना दिवसको अवसरमा मंगलबार दुवैलाई पुरकार प्रदान गरिएको हो । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र तनहुँ समाज हङकङका पूर्वअध्यक्ष भीमराज गुरुङले सम्मानित दुवै पत्रकारलाई जनही नगद पाँच हजार रूपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

सम्मानित पत्रकार खड्का भञ्याङ दैनिक तनहुँका सम्पादक र नहर्की गोरखापत्र दैनिकका तनहुँ संवाददाता हुन् । पत्रकारद्वयलाई सामाजिक क्षेत्रमा कलम चलाएको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।

सम्मानका लागी नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आइतबार बसेको बैठकले दुवै जनाको नाम सिफारिस गरेको थियो ।

सो अवसरमा व्यास नगरपालिकाले जिल्लाका क्रियाशील पत्रकारका लागि गरेको आरोग्य विमा पोलिसीसमेत हस्तानतरण गरिएको छ । व्यास नगरपालिकाले जिल्लाका ६७ जनाको विमा गरिदिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
| Ph: +977 982-3010477 | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | प्रधान सम्पादकः शर्मिला घिमिरे | सूचना विभाग दर्ता नं. ००० |
Daily News Nepal
www.dailynewsnepal.com