थप १ जनाको शव भेटियो

 थप १ जनाको शव भेटियो

काठमाडौं । पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । आज दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले जानकारी दिनुभयो ।

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै ३ जना वेपत्ता छन् । उनिहरुको खोजी कार्य जारी छ । हिजो बिहान काठमाडौंबाट पोखरा जादै गरेको यती एयरको विमान पोखराको सेती नदी खोंचमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com