स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका(२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com