बलात्कार आराेपमा २ जना पक्राउ

बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो । 

यस्तै  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साकाे ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com