रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ

रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्‍यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्‍य विनोद कुमार ओझा रहेका प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरेको आरोप रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com