पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौँ । पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर-५ प्रस्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवै जनाको अस्पतालमा मृत्यु भएको हो । कार चालक फरार रहेकाले खोजी कार्य जारी छ । कार भने प्रहरीको नियन्त्रणमा छ ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com