इजरायलबाट २५४ बिद्यार्थी आज नेपाल ल्याइँदै

इजरायलबाट २५४ बिद्यार्थी आज नेपाल ल्याइँदै

काठमाडौं । इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । 

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com