देशभर ४६ प्रतिशत मत खस्याे

देशभर ४६ प्रतिशत मत खस्याे

काठमाडौं । आज आइतवार भइरहेकाे चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ । आज दिउँसो काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताएका हुन् ।

सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताए । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उनकाे भनाइ छ । उनले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको पनि बताएका छन् ।

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेकाे हाे । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताले उत्साहित भएर मतदान गरिरहेको पाएको सिंहले बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com