पछिल्लो समय नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

 पछिल्लो समय नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताउनुभएको हो ।

उहाँले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताउनु भयो । उहाँले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि अन्यदेशको तुलनामा अत्यन्तै कम भएको बताउनु भयो ।

उहाँले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेको छ । तर कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको छ । नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर रहेको छ । अरु देशको तुलनामा नेपालको कफी उत्पादन कम हो । नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ । नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा अन्य केही खेतीमा सुधार गरी उत्पादन र खेती बराबरी अवस्थामा पु¥याउनु पर्छ । नेपालमा खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै गएको छ । नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी छै्रनन् । भएका जातहरु पनिमा पनि सेतो कबायरले सखाप बनाएको छ ।’

उहाँले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताउनु भयो । उहाँले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com