विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

काठमाडौं । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएको निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन् ।

उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोका भएको काउन्सिलले उल्लेख गरेको छ ।

यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com