बाजुरमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

बाजुरमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

बाजुरा । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राती एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गएराति पनि ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com