सर्वोच्च अदालतमा थप ६ जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा थप ६ जना न्यायाधीश नियुक्त
Picasa

काठमाडौ । आज (बुधबार) सर्वोच्च अदालतमा थप ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार उनीहरुलाई नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरुमा अब्दुल अजिज मुसलमान, सारंगा सुवेदी, सुनील कुमार पोखरेल , महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकाल रहेका छन । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी जनाएको छ ।

न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमा जारी गर्दै यस्तो बताएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com