चितवनमा साउन यता ६ जनाको डेंगी संक्रमणबाट मृत्यु

चितवनमा साउन यता ६ जनाको डेंगी संक्रमणबाट मृत्यु

चितवन । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जनाको परीक्षण गरिएकामा दुई हजार ९४९ जनामा डेंगीको संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये दुई हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका २९१ र ठेगाना खुलेका ६०८ जना रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी डेंगी रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार ४५० जनामा डेंगी रोग देखिएको केसीले बताउनुभयो ।

उहाँका अनुसार खैरहनी नगरपालिकामा १६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा २४३ जनामा डेंगी रोग देखिएको थियो । यस्तै, राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगीको संक्रमण देखिएको थियो ।

कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार १३६ पुरुष र ९१४ जना महिलामा डेंगी रोगको संक्रमण देखिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com