६ वर्षीया बालिकाको शव पोखरीमा

६ वर्षीया बालिकाको शव पोखरीमा

जनकपुर । बुधबारदेखि हराइरहेकी धनुषा सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया बालिका मृत फेला परेकी छन् ।

स्थानीय बालिका रखी यादवको शव माछा पोखरीमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिकाको शरीरको तल्लो भागमा कपडा छैन भने गुप्तांगमा चोट देखिएको छ ।

शवको प्रकृति हेर्दा बात्कारपछि हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बलात्कारपछि हत्या भएको हुन सक्ने बताए । यद्यपि पोष्टमार्टम रिपोर्ट नआएसम्म हत्याको कारण बताउन नसकिने उनको भनाइ छ ।

विवाहपञ्चमीका लागि मटकोरका लागि निकालिएको रथ यात्रामा आमासँगै गएकी बालिका बुधबार भिडमा हराएकी थिइन् । परिवारले बालिका हराएको खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा बिहीबार साँझ ७ बजेतिर शव पोखरीमा भेटिएको डिएसपी अवाले बताए ।

यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरिएको छैन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com