देशभर ६१ प्रतिशत मतदान : आयोग

देशभर ६१ प्रतिशत मतदान : आयोग

काठमाडौं । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।

आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको उहाँको भनाइ छ ।

यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com