१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास

१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास

सोलुखुम्बु । एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्  । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् ।

किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए । 

आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छन् । 

घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com