बलात्कार आराेपमा ७२ वर्षीय वृद्ध पक्राउ

बलात्कार आराेपमा ७२ वर्षीय वृद्ध पक्राउ

झापा । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।  पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो। प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com