खाना पकाउने ग्याँस सिडिण्डर पड्किएर आगलागी

खाना पकाउने ग्याँस सिडिण्डर पड्किएर आगलागी

नुवाकोट । बेलकोटगढी नगरपालिका– ८ पांचखलेमा खाना पकाउने ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सो स्थानका विश्वनाथ पुडासैनीको दुई तल्ले ढुंगा र इट्टाले बनेको घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए । आगजनीबाट दुईतले घर तथा त्यसमा रहेका सम्पूर्ण सामग्री, धनमालसमेत जल्दा करिब २० लाख बराबरको क्षति भएको पीडित पक्षले जनाएको छ ।

आगलागी विदुर नगरपालिकाको एउटा वारुणयन्त्र, स्थानीयवासी, सुरक्षाकर्मीको पहलमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । सुख्खायाममा आगजनीका घटनाहरु बढिरहेका कारण होसियारी र सजकता अपनाउन जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com