साथीले बोकेको बन्दुक पड्किँदा मृत्यु

साथीले बोकेको बन्दुक पड्किँदा मृत्यु

नुवाकोट । म्यागङ गाउँपालिका-४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका एक साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ।

शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार किम्ताङको जङ्गलमा अमृतले बोकेको बन्दुक पड्किँदा उनको पछाडि रहेका घलेको छातीमा गोली लागी मृत्यु भएको हो ।

घटनापछि शव र बन्दुक बोकेर अमृत तामाङ तीन घण्टाको पैदल दूरीमा रहेको प्रहरी चौकी किम्ताङमा आइतबार बिहान आइपुगेका हुन्। ‘साथी–साथी मिलेर भरुवा जङ्गलमा सिकार गर्न गएको समयमा अमृतले बोकेको बन्दुक पड्किँदा पञ्चको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘अमृतले आफूले बोकेको बन्दुकको गोली लाग्न पुगेको स्वीकार गरेका छन्।’

घटनामा संलग्न रहेका अमृतलाई ज्यानसम्बन्धी कसुर र हातहतियार तथा खरखजानासम्बन्धीको अभियोगमा कारबाही गर्ने नुवाकोट प्रहरीले जनाएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com