भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी

भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी

भक्तपुर । भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ । हिजो साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित फर्निचर कारखानामा ७ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीको कारण र यसबाट भएको क्षतिबारे यकिन भइसकेको छैन । फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको प्रहरीले जनाएको छ ।

पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । हावाहुरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन झन् समस्या भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com