माओवादी केन्द्रद्वारा तीन जनालाई कारबाही

माओवादी केन्द्रद्वारा तीन जनालाई कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीले पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने, उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने तीन जनालाई कारबाही गरेको छ ।

गत मंगलबार मधेस प्रदेशका इन्चार्ज गणेश साहले पार्टीको धारण सदस्य समेत नरहने गरी तीन जनालाई कारबाही गर्नुभएको हो । महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत ख मा माओवादीकै भरत साह उम्मेदवार रहनुभएको छ ।

उहाँको विरुद्ध विष्णुबहादुर योञ्जनले स्वतन्त्र उम्मेदवारी दिएपछि कारबाही गरिएको हो । योञ्जनको प्रस्तावक बसेका पृथ्वीबहादुर बलम्पाकी र समर्थक विजयकुमार यादवलाई समेत कारबाही गरिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com