गगन थापालाई भोट गर्न अभिनेता प्रदीप खड्काको अपिल

गगन थापालाई भोट गर्न अभिनेता प्रदीप खड्काको अपिल

काठमाडौं । अभिनेता प्रदीप खड्काले गगन थापालाई भोट मागेका छन् ।

केही दिनअगाडि नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका खड्काले अहिले कांग्रेसबाट काठमाडौं क्षेत्र न ४ का उम्मेदवार बनेका गगन थापालाई भोट मागेका हुन् ।

गगनको चुनावी घरदैलोमै पुगेर प्रदीपले उनको पक्षमा भोट मागेका छन् । प्रदीपले घरदैलोमा पुगेर आफ्ना लागि भोट मागेको भिडियो गगनले सामाजिक संजालबाट शेयर गरेका छन् । भिडियोमा प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा समेत चर्चा गरेका छन् ।

त्यस्तै वरिष्ठ साहित्यकार श्रवण मुकारुङले पनि गगनलाई भोट मागेका छन् । उनले भनेका छन्– ‘गगन थापालाई जिताउनु भनेको नेपाल र नेपालीको सपनालाई जिताउनु हो ।’

अभिनेता प्रदीपको पछिल्लो फिल्म ‘प्रेम गीत ३’ केही अगाडि प्रदर्शनमा आएको थियो । नेपाली र हिन्दी दुई भाषामा नेपाल र भारत रिलिज भएको यो फिल्मले व्यवसाय समेत राम्रो गर्न सफल भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com