सिउरुङ महोत्सवमा साहसिक मह शिकार

सिउरुङ महोत्सवमा साहसिक मह शिकार

लमजुङ १२ वैशाख । पर्यटन प्रवर्द्धनका लागि आयोजित १२औं सिउरुङ महोत्सवका अवसरमा साहसिक मह शिकार भएको छ । गुरुङ समुदायको परम्परासँग जोडिएको मह शिकारलाई पर्यटक आकर्षण गर्ने माध्यमको रुपमा प्रवर्द्धन गर्न महोत्सवको अवसरमा स्थानीयले मह शिकार गरेका हुन् ।

महोत्सवको पहिलो दिन स्थानीयले गाउँ नजिकै रहेको कोइरेखोला भिरमा मह शिकार गरेका गरेका हुन् । भिर माहुरीको मह निकाल्ने काम आफैंमा साहसिक भएको र त्यसप्रति धेरै पर्यटकको आकर्षण हुने भएकाले महोत्सवको अवसरमा मह शिकार गरिएको सिउरुङ पर्यटन विकास समितिका अध्यक्ष नन्द घलेले बताए ।

महोत्सवमा आएका पाहुनाले हनि हन्टिङको मज्जा लिएको अध्यक्ष घलेले बताए । लमजुङमा सामान्यतया प्रत्येक वर्ष वैशाख/जेठ र मसिर महिनामा भिर माहुरीको मह शिकार हुने गर्दछ । मह शिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेशा पनि हो ।

मह शिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि पर्यटक आकर्षकका लागि पछिल्ला वर्षहरुमा ‘हनि हन्टिङ फेस्टिवल’ का रुपमा पनि महशिकार हुँदै आएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com