सुर्खेत पुगेर रवि लामिछानेले भने– भ्रष्ट्राचारको जरैबाट अन्त्य गर्छु

सुर्खेत पुगेर रवि लामिछानेले भने– भ्रष्ट्राचारको जरैबाट अन्त्य गर्छु
vMix

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा गए भ्रष्ट्राचारको जरैबाट अन्त्य गर्ने बाचा गर्नुभएको छ । सुर्खेतमा आज बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले

गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताउनुभयो । आफ्ने बाचापत्रमा सबै प्रस्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरि फर्केर मत माग्न नआउने उहाँको भनाइ छ ।

यस्तै उहाँले नेपालमै उत्पादन वृद्धि गर्न र देशको उत्पादनलाई प्रोत्साहन गर्न आफूले राजनितिक जिवनभर नेपाली पोसाक मात्र लगाउने बाचा गरेको स्पष्ट पार्नुभयो ।

यस्तै, उहाँले आफुहरुले बनाउन खोजेको सरकारले हस्पिटलमा पहिले विरामीको उपचार गर्ने र उपचार पश्चात तिर्न सक्नेले तिर्छ र नसक्नेको सरकारले तिर्ने बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com