निर्वाचनपछि मुलुक दक्षिणपन्थी बाटोमा जान सक्ने देखियो : माधव नेपाल

निर्वाचनपछि मुलुक दक्षिणपन्थी बाटोमा जान सक्ने देखियो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्ने बताउनुभएको छ ।

आज मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताउनुभएको हो । अहिलेको अवस्थामा गठबन्धन दलहरुसंगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गतिहरु देखिएको र पुन मतदानको लागि कानुनी बाटोमा जाने बिषयमा पार्टीभित्र छलफल भएको समेत जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचनको परिणामलाई पनि पार्टीले गम्भीर रुपमा हेरिरहेको उहाँको भनाइ छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com