
चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतान्तरसहित अग्रता बढाइरहनुभएको छ ।
यो समाचार तयार पार्दासम्म लामिछाने १५ हजार ४६७ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णभक्त पोख्रेल ७ हजार ९४२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ७ हजार ५८२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।