यती एयरलाइन्सका भोलिका सबै उडान रद्द

यती एयरलाइन्सका भोलिका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने तय भएका सबै उडान रद्द गरेको छ ।

आइतबार (आज) बिहान पोखरामा विमान दुर्घटनामा परेपछि एयरलाइन्सले आज साँझ एक सूचना जारी गर्दै भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।

तर, आपत्कालीन र उद्धारका उडान भने जारी नै रहने एयरलाइन्सले जनाएको छ ।

आइतबार बिहान चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा परेको थियो । अहिलेसम्म ६९ जनाको शव भेटिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com