दाङका तीनै क्षेत्रमा गठबन्धन अगाडि

दाङका तीनै क्षेत्रमा गठबन्धन अगाडि

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत दाङका तीन वटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार पछि परेका हुन् ।

दाङ क्षेत्र नं. १ मा १ हजार ३४० मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले ५४० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले ३६० मत प्राप्त गरेकी छन् ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले २४२ मत प्राप्त गरेका छन् । त्यस्तै दाङ क्षेत्र नं। २ मा ५ हजार ८३४ मत गणना हुँदा गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्माले २ हजार ४३७ मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले १ हजार ७५२ मत प्राप्त गरेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com