माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु : प्रचण्ड

माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु :  प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु भएको बताउनुभएको छ ।

गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा आज सोमबार सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको उल्लेख गर्नुभयो ।

उहाँले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगाउने कि नलगाउने भन्दै प्रश्न गर्नुभयो ।

यस्तै उहाँले राष्ट्रको ऐतिहासिक आवश्यकता र महत्वलाई ध्यान दिएर अहिलेको गठबन्धन बनेको बताउनुभयो । ।

उहाँले गोरखाका आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताउँदै शान्ति,आर्थिक विकास र समृद्धिको अभियान गोरखाबाट सुरु गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

त्यसका लागि कांग्रेसले आफूलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गर्नुभयो । प्रचण्डले गोरखाबाट गरिएको विकास र समृद्धिको यात्रा देशभरीनै देखिनेगरी काम गर्न आफू गोरखा आएको बताउनुभयो । उहाँले फेरी प्रतिगमन माथि नउठाउन गठबन्धन दललाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com