गठबन्धन आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

गठबन्धन आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले मन्त्री पाउने आश्वासन दिनुभएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले आज दार्चुलाको गोकुलेश्वरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो आश्वासन दिनुभएको हो ।

गठबन्धन आजको आवश्यकता रहेकाले गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउने उहाँको भनाइ छ ।

देउवाले मिचिएको नेपाली भूमि कुटनीतिक पहलबाट फिर्ता हुने बताउनुभयो । महाकाली कोरिडोर, पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले केपी ओलीले आफैँले नक्सा पास गरेको भनेर झुटा बोलिरेहको भन्दै सबै दल एक ठाउँमा उभिएर नक्सा पास भएको बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com