गठबन्धन फराकिलो मतले विजयी हुन्छ : कांग्रेस प्रवक्ता महत



गठबन्धन फराकिलो मतले विजयी हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गर्नुभएको छ ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता महतले चुनावपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारूढ गठबन्धनकै सरकार बन्नेसमेत जिकिर गर्नुभयो ।

देशलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारूढ गठबन्धनको विकल्प नभएको उहाँको भनाइ थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com