केही दिन हावाहुरी र चट्याङको जोखिम भएकाले सतर्क रहन अपिल

केही दिन हावाहुरी र चट्याङको जोखिम भएकाले सतर्क रहन अपिल
Published on
Updated on

काठमाडौं । हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन मौसमविद्हरुले अपिल गरेका छन् । सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ ।

जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताए । उनका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन् ।

यस वर्षको पूर्वमनसुन सुरु भएसँगै दुई दिनयता धनकुटा, सङ्खुवासभा, पाँचथर, बागलुङ र प्युठानमा चट्याङ लागेर दस जना घाइते भएका छन् । आगामी जेठसम्म नै चट्याङको जोखिम उच्च हुने भएकाले पनि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अझै केही दिन बादलजन्य गतिविधिले मौसम अवरोधपूर्ण नै रहेको मौसमविद् झाले जानकारी दिए । काठमाडौँ उपत्यकासहित पूर्व तथा पश्चिम नेपालका पहाडी भेग मेघ गर्जन र चट्याङका हिसाबले जोखिमयुक्त क्षेत्र हुन् ।

तराईमा भने चट्याङसहित चर्को हावाहुरीको जोखिम रहेको छ । यति बेला पश्चिमी वायुसँगै स्थानीय र भारतको राजस्थानमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा एकैचोटि परिरहेको छ ।

लामो समय वर्षा नहुँदाको अवस्थामा देखिएको वर्षा गराउने प्रणाली सुखद भए पनि हावाहुरी र चट्याङको क्रम दोहोरिँदा जनधनको क्षति बढाउने सम्भावना रहने विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com