कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

थापाले आफूले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे । इन्दारितापूर्वक प्रयत्न गरेर सम्भव भएसम्म सर्वसम्मत बनाउन प्रयत्न गर्ने उनको भनाइ थियो ।

१३ औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । पोहोर दाङबाट उम्मेदवारी घोषणा गर्दा चुकेको थापाको भनाइ छ ।

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा
प्रदेश २ मा निधिलाई अप्ठेरो, प्रदेश सभापतिका आकांक्षी नै धेरै

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com