३६ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन

३६ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

नक्कली बिल भरपाई बनाई सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार आज पुनरावेदन दिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । सो मुद्दामा दिपा रेग्मीसहित ३६ जना प्रतिवादी रहेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com