गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु, एक जना पक्राउ

गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु, एक जना पक्राउ

काठमाडौँ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसीलाई भरुवा बन्दुकसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।

बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए । मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com