बीस बर्ष अघि बलात्कारका मुद्दाका दाेषी तनहुँमा पक्राउ

बीस बर्ष अघि बलात्कारका मुद्दाका दाेषी तनहुँमा पक्राउ

तनहुँ । २० बर्ष अघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एकजना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० बर्ष पछि पक्राउ परेका हुन् । 

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० बर्ष पछि ्शाक्यलाई उनकै घरवाट पक्राउ गरी जिल्ला कारागार पठाईएको छ । उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजायँ तोकेको थियो । तर, सो सजायँ तोकेको भए पनि उनी भने २० बर्ष देखी फरार रहदैँ आएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com