प्रदेश २ का स्थानीय तहमा नेकपा (एस)मा ३१४, लोसपामा ८६५ को सनाखत

प्रदेश २ का स्थानीय तहमा नेकपा (एस)मा ३१४, लोसपामा ८६५ को सनाखत

जनकपुरधाम, २२ भदौ

प्रदेश २ मा ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका आठवटै जिल्लाबाट ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन् ।

सप्तरीमा २९, सिरहामा ७१, धनुषामा ४८,महोत्तरीमा सात, सर्लाहीमा ४८, रौतहटमा ८४, वारामा ३२ र पर्सामा पाँच जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । प्रदेशमा १३ जनाले सनाखत गरिसकेका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रदेश २ का स्थानीय तहबाट ८६५ जनाले सखानत गरेका छन् । लोसपा पार्टीका अनुसार सप्तरीमा ९६,सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८ र पर्सामा २८ जनाले लोसपामा सनाखत गरेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com