
एजेन्सी । युक्रेनको निप्रोमा भएको आक्रमणमा परेर ३६ जनाको मृत्यु भएको छ ।
७५ जना घाइते भएका छन् भने अझै केही हराइरहेका छन् ।
९ तल्ले भवनमा भएको आक्रमणबाट एउटा भाग पूर्ण रुपमा नष्ट भएको छ ।
झण्डै एक वर्षदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसले भने यो आक्रमण आफूले नगरेको दाबी गरेको छ ।