पूर्वमन्त्री खतिवडामाथि हातपात

पूर्वमन्त्री खतिवडामाथि हातपात

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि आज मङ्गलवार हातपात भएको हो । खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लिनेबित्तिकै हेटौँडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका थिए । मनहरी गाउँपालिका ४ गोलघरमा सत्तारूढ गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि हातपात भएको हो ।

खतिवडालाई गठबन्धनमा आबद्ध कार्यकताले हातपात गरेको बताइएको छ । हातपात गर्ने व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा हातपात गर्ने व्यक्तिले रक्सी खाएका र खतिवडासँग पुरानो रिसइबीसमेत रहेको बताइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com