काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुआती अग्रता लिनुभएको छ ।
विवादका कारण रोकिएको मतगणना बिहीबार (आज)अपराह्नदेखि सुरु भएको थियो। हालसम्म ६५० मत गन्दा पाण्डेले ३८१ मत प्राप्त गर्नुभएको छ।
उहाँलाई एमालेका कर्णबहादुर थापाले २४७ मतसहित पछ्याइरहनुभएको छ। त्यसैगरी, स्वतन्त्र उम्मेदवार टेक बहादुर बडूवालले १ मत प्राप्त गर्नुभएको छ।